नेभिगेशन
राजनीति

उद्घाटनमै ओली व्यस्त, विद्यालयमा कम्युटर वितरण र नगर अस्पताल शिलान्यासमा पुगे

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना कार्यक्रममै आफ्नो कार्यकालको महत्वपूर्ण समय खेर फाल्न जारी राखेका छन्।

ओली प्रधानन्त्री भएको ९ महिना भइसकेको छ भने कांग्रेससँगको सहमति अनुसार अब १५ महिना उनी अझै प्रधानमन्त्री रहनेछन्।

पदमा रहँदाको समय महत्वपूर्ण नीतिगत निर्णय, सरकारको ‘पर्फमेन्स’ लगायतका काममा व्यस्त रहनुको साटो उनी पालिका प्रमुखले गरे पुग्ने उद्घाटन शिलान्यास जस्ता कार्यक्रममा रमाउन थालेका हुन्।

ओलीले आइतबार झापा, तेह्रथुम र ताप्लेजुङका विभिन्न १५ सामुदायिक विद्यालयलाई कम्प्युटरलगायतका शैक्षिक सामग्री वितरण गरे।

‘सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यावसाय कोषको कार्यक्रम अनुसार दमकमा आयोजित कार्यक्रममा ती सामग्री वितरण गरिएको हो,’ ओलीको सचिवालयले भनेको छ।

यस्तै, ओलीले झापा गौरादह नगर अस्पतालको पनि शिलान्यास गरेका छन्। सानातिना कार्यक्रममा गएर समय खेर फालिरहेको भन्दै आलोचना भइरहेको भए पनि ओली निर्धक्क भएर उद्घाटनमा रमाउन थालेका हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति

के सरकार परिवर्तन हुँदैछ?