नेभिगेशन
समाज विविध

मानव बेचबिखन नियन्त्रण सम्बन्धी जिल्ला संरचना कायमै राखिने

काठमाडौँ- सरकारले मानव बेचबिखन तथा ओसार-प्रसार नियन्त्रण सम्बन्धी जिल्ला तहको संरचना कायमै राख्ने गरी ऐन संशोधन गर्न लागेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले प्रतिनिधि सभामा दर्ता गरेको ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक’ मा यस्तो व्यवस्था प्रस्तावित छ ।

प्रस्तावित विधेयकमा मानव बेचबिखन नियन्त्रण सम्बन्धी प्रदेश स्तरमा प्रदेश सरकारले र स्थानीय स्तरमा स्थानीय तहले समिति गठन गर्न सक्ने भनिएको छ ।

साथै, हाल रहेको संघीय इकाइको रूपमा जिल्ला स्तरको संरचना पनि कायमै राख्ने भनिएको छ ।

प्रदेश समितिबारे विधेयकमा भनिएको छ, ‘यस ऐन बमोजिमको कसुर नियन्त्रण गर्ने तथा पीडितको उद्धार तथा पुनर्स्थापना गर्ने कार्यमा प्रदेश स्तरको सरकारी निकाय तथा गैरसरकारी संस्था बीच समन्वय गर्नको लागि प्रदेश सरकारले प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विरुद्धको प्रदेश समिति गठन गर्न सक्नेछ ।’

प्रदेश समितिको गठन, बैठक तथा काम कारबाही सम्बन्धी अन्य व्यवस्था प्रदेश कानुनले निर्धारण गरे बमोजिम हुने भनिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध

प्रथम रेडपाण्डा महोत्सव सुरु