नेभिगेशन
सुरक्षा–अपराध

गोरखाकी करिनाः नौ लाख नगदसहित पक्राउ गरियो यी सुन्दरी 

काठमाडौं– हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा एक १९ बर्षिया सुन्दर युवतीलाई प्रहरीले पक्राउ गरी ५ दिन म्याद थप गरेको छ।

गोरखा पालुङटारकी करिना देवकोटाको साथमा नौलाख नगदसहित ६ लाखको चेक समेत भेटिएको पक्राउ गर्ने जनसेवा प्रहरीले जनाएको छ।

पालुङटार नगरपालिका–१० बागडाँडा बस्ने १९ वर्षीया करिना देवकोटा कहिलेदेखि यसरी कारोबारमा संलग्न रहेकी भन्ने विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसरले जनाएको छ।

काठमाडौं महानगरपालिका–२२ न्यूरोडमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीलाई ९ लाखसहित उनलाई पक्राउ गरेको हो ।

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध