नेभिगेशन
खेलकुद

यु-१९ विश्वकप एसिया छनोटमा नेपालको विजयी शुरुवात

काठमाडौं - आइसिसी यु-१९ विश्वकप एसिया छनोटमा नेपालले विजयी शुरुवात गरेको छ । आइतबार खराब प्रकाशका कारण नेपालले युएईलाई डकवर्थ-लुइसको आधारमा ५ रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । 

४०-४० ओभर खेलाइएको यस खेलमा नेपालले दिएको २०१ रनको लक्ष्य पछाएको युएईले ३६ ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाएपछि खेल रोकिएको थियो । त्यसपछिको खेल खराब प्रकाशका कारण हुन नसकेपछि खेलको निर्णय डकवर्थ लुइस नियम अनुसार लिइएको थियो र युएई ५ रनले पराजित भयो ।


आजै माथिल्लो मुलपानी मैदानमा सम्पन्न खेलमा अफगानिस्तानले ओमानलाई परजित गरको थियो ।


अब भोलि नेपालले ओमानसँग र अफगानिस्तानले हङकङसँग खेल्ने तालिका रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय