नेभिगेशन
राजनीति

नयाँ वर्षको शुभकामना दिँदै प्रचण्डले भने, ‘सरकारले दलाल र विचौलियाको पक्षमा निर्णय लिँदा जनआक्रोश बढ्यो’

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्ष २०८२ सालको शुभकामना दिएका छन् । 

आइतबार साँझ एक भिडियो सन्देश जारी गर्दै उनले सम्पूर्ण नेपालीहरुमा नयाँ वर्षको शुभकामना दिएका हुन् । 

त्यसअवसरमा उनले २०८२ साल नयाँ अवसर र चुनौती लिएर प्रस्तुत भएको बताए । जनताको अधिकारलाई ऐतिहासिक रुपमा सुनिश्चित गरेको  संविधानको पूर्ण कार्यान्वयन नहुँदा लोकतान्त्रिक प्रणालीप्रति कतिपयले प्रश्न उठाउन खोजिरहेको बताए ।  


सरकारले दलाल र विचौलियाको पक्षमा स्वेच्छाचारी निर्णय लिरहँदा जनआक्रोश बढिरहेको बताए ।  उनले लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ सुदृढ लोकतान्त्रिक गणतन्त्र भएको समेत बताए ।  

नयाँ वर्ष २०८२ को शुभकामना

https://www.facebook.com/share/v/16FMXKeGS1/

 

 

 

 

 

 


 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति