नेभिगेशन
राजनीति

ज्ञानेन्द्रको सन्देशपछि राजावादी जनआन्दोलन समितिको निधो– पृथ्वीपथ मार्गनिर्देशक सिद्धान्त

काठमाडौं– बैशाख २२ गते नयाँ कार्यक्रमको पूर्वतयारीमा जुटेको राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले नयाँ सिद्धान्तलाई अघि सारेको छ।

पृथ्वीपथलाई मार्गनिर्देशक सिद्धान्त मानेर अगाडि बढ्ने समितिले प्रतिबद्धता जनाएको छ।

सम्बन्धित पक्षबाट नयाँ शान्ति र सहमतिको प्रस्तावित मार्गचित्रमा नभए हामी पृथ्वीपथलाई मार्गनिर्देशक सिद्धान्तका रूपमा अङ्गीकार गर्दै २०८२ सालको शुभारम्भसँगै परिवर्तनका खाकासहित शान्तिपूर्ण आन्दोलनका कार्यक्रमहरू यथाशीघ्र घोषणाका साथ अघि बढ्ने  प्रतिबद्धतासहितसमितिका प्रवक्ता स्वागत नेपालले विज्ञप्ति जारी गरेका छन्।

प्रवक्ता नेपालले पूर्वराजाबाट औपचारिक रूपमा संवैधानिक राजसंस्थाभित्र बहुदलीय प्रजातन्त्र तथा पृथ्वीपथको प्रस्तावित नीति नेपालको राजनीति मात्र नभई राष्ट्रनीतिको रूपमा अबको नेपालको नयाँ मार्गचित्र हुने कुरा आएको पनि बताएका छन्।

त्यसका लागि उनले सबै एक ठाउँ हुनुपर्ने पनि बताएका छन्। ‘सबै वर्ग, क्षेत्र, समुदाय र तह–तप्काका नागरिकहरू तथा विदेशमा रहनु भएका नेपालीहरूलाई एकताबद्ध भइदिनु पनि आह्वान गर्दछौंँ,’ उनले भनेका छन्।

नयाँ बर्षको सन्दर्भमा ज्ञानेन्द्र शाहले आइतबार साँझ भिडिओ सन्देश जारी गरेका थिए। सो क्रममा चैत १५ गते तीनकुनेमा भएको घटनामा दुख व्यक्त गरेका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति