नेभिगेशन
समाज विविध

तीन महिनाको बच्चा चोरी गरेकी दैलेखी प्रेमिकाले प्रेमीलाई किन भनिन् ‘गर्भवती भएँ’

काठमाडौं– दैलेखकी एक किशोरीले भारतमा रहेका प्रेमीलाई गर्भवती भएको देखाउन अर्काको तीन महिनो बच्चा चोरेको खबर सार्वजनिक भएको छ।

बच्चा चोरेर गएकी किशोरीलाई प्रहरीले जंगलबाटै पक्राउ गरेको हो। किशोरीले प्रहरीलाई बताएअनुसार उनी आफ्नै गाउँका एक युवकसँग प्रेममा थिइन्। उनका प्रेमी कामको सिलसिलामा भारतमा छन्। उनले प्रेमीलाई आफू गर्भवती भएको झुट बोलेकी थिइन्।

भारतमा रहेका प्रेमीलाई देखाउनकै लागि उनले बच्चा चोरी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ। किशोरीले दैलेखको ठाटीकाँध गाउँपालिका १ सिराडीका बमबहादुर बुढाकी तीन महिने छोरीलाई बिहीबार बेलुकी ९ बजेतिर घरभित्रै सुतेको समयमा चोरेर लगेकी थिइन्।

बच्चा चोरेको करिब १२ घण्टापछि शुक्रबार बिहान ९ बजेतिर चामुण्डाबिन्द्रासैनी नगरपालिका–३को लामिडाँडा जंगलबाट किशोरीलाई पक्राउ गरी बालिकाको उद्धार गरेको थियो। 

बालिका रोएपछि दूधको खोजीका लागि किशोरी गाउँ पसेकी थिइन्। स्थानीयलाई शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध