नेभिगेशन
राजनीति

काठमाडौंमा एमालेले एक लाख युवा किन उतार्दैछ?

काठमाडौं– अबको १० दिनपछि सत्ता नेतृत्व गरिरहेको नेकपा एमालेले राजधानी काठमाडौंमा एक लाख युवा उतार्ने भएको छ।

एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघको योजनामा एक लाख युवा वैशाख ११ मा राजधानीमा उतारेर लोकतन्त्र दिवस मनाउन लागेको बताइएको छ। 

यद्यपि, यो प्रदर्शन २२ वैशाखमा राजावादीले गर्न लागेको सभाको काउन्टरका लागि रहेको बताइन्छ। राजावादी, रास्वपा र स्वतन्त्र जनप्रतिनिधिका समर्थकसँग एमाले तर्सिएको छ।

सत्ता नेतृत्वकर्ता एमालेको भ्रातृ संगठनले एक लाख युवा काठमाडौंमा उतारेर शक्ति प्रदर्शन गर्नेछ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति