नेभिगेशन
राजनीति

एमाले सचिवालय बैठक सुरु

काठमाडौं- सत्तारुढ नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि बैठक सुरु भएको हो ।

बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीका वार्षिक कार्यक्रम, पार्टीका अभियान लगायतका विषयमा छलफल हुने बताइएको छ । एमालेले ९ गते पार्टीको ७६ स्थापना दिवस र ११ गते युवा महोत्सवको आयोजना गरी मनाउँदैछ ।

वैशाख ११ गते अर्थात लोकतन्त्र दिवसका दिन काठमाडौंमा युवा महोत्सव आयोजना गर्ने उद्घोष गर्दै एमालेले ४० वर्ष मुनिका युवाहरू सहभागी गराएर राजतन्त्र हटाएर जनताले जितेको दिनको उत्सव मनाउने तयारी गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले ११ गतेको युवा उत्सवलाई ऐतिहासिक बनाउनका लागि जुट्न पार्टीका सबै जनसंगठनलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति