नेभिगेशन
समाज विविध

शिक्षक सडकमा, प्रधानमन्त्री ओली तडक भडकमा

काठमाडौं– विद्यालय शिक्षा ऐनको माग राखी आन्दोलनमा सरिक भएका शिक्षक नयाँ बर्षको हर्षोल्लास मनाउन पनि फर्किएनन्।

नयाँ बर्षका दिन पनि उनीहरु सडकमा छन्। तर, प्रधानमन्त्री केपी शर्मा ओली भने तडक भडकमा नै मस्तराम बनेका छन्।

आज देशभर अधिकांश नयाँ वर्षमा रमिरहे पनि शिक्षकले सडक संघर्ष जारी नै राखेका हुन्।

महासंघ र सरकारबीच निरन्तर छलफल भए पनि निष्कर्ष आएको छैन।

महासंघले संसदको वर्षे अधिवेशन तत्कालै शुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने अडान राखेको छ।

आफ्ना नयाँ कुनै माग नरहेकाले विद्यालय शिक्षा ऐन जारी नभएसम्म कक्षाकोठामा नफर्कने भन्दै उनीहरुले शैक्षिक हड्तालसमेत गरेका छन्। जसका कारण शैक्षिक गतिविधि ठप्प भएको छ।

तर प्रधानमन्त्री ओली शिक्षकको माग सम्बोधन गर्नुको साटो कहिले झापा त कहिले बुटवल कुदेर तडक भडक मात्र देखाएका छैनन्, काठमाडौंमा रहँदा पनि पार्टीका बैठकमा मात्र रहने गरेका छन्। 

प्रधानमन्त्री ओली शिक्षकको मागप्रति सकारात्मक बन्न सकेका छैनन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध