नेभिगेशन
खेलकुद

यू-१९ विश्वकप : नेपालको लगातार दोस्रो जित, ओमान पराजित

काठमाडौँ- यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत घरेलु मैदानमा भएको खेलमा नेपालले ओमानविरुद्ध ८ विकेटको सहज जित दर्ता गरेको छ । ५ देश सहभागी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो ।

ओमानले दिएको ११८ रनको झिनो लक्ष्य नेपालले १४.३ ओभरमै दुई विकेट गुमाएर भेट्टायो । पहिलो विकेटका लागि निरज यादव र साहिल पटेलले ८५ रनको साझेदारी गरेपछि नेपाललाई लक्ष्यसम्म पुग्न कुनै कठिनाइ भएन ।

निरजले २९ बलमा ४५ रन बनाए भने साहिलले २५ बलमा ३१ रन जोडे । कप्तान नरेन भट्ट १२ रन र सन्तोष यादव १० रनमा अविजित रहे ।

यसअघि टस जितेर बलिङ रोजेको नेपालले ओमानलाई ११७ रनमै अलआउट गरेको थियो । नेपालका बलर युवराज खत्री एक्लैले ५ विकेट लिएपछि ओमानको ब्याटिङ धराशयी बनेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद