नेभिगेशन
राजनीति

गोकुल बास्कोटाको दाबी- पूर्वराजाले समाजलाई विषाक्त बनाउन खोजे जनताले माफी दिने छैनन्

काठमाडौँ- नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालमा राजतन्त्रको च्याप्टर क्लोज भइसकेको बताएका छन् ।

प्रेस चौतारी नेपाल काभ्रेले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘राजतन्त्रको च्याप्टर आजभन्दा १८ वर्षअघि नै क्लोज भइसक्यो । अब इतिहासको पांग्रा पछाडि फर्किँदैन ।’

नेपाल लोकतन्त्रको राजमार्गमा यसका कमजोरी र बलसरी गुणहरूलाई थप व्यवस्थित, परिमार्जित र दृढ भएर नेपाली समाजलाई अगाडि बढाउनको लागि दृढतापूर्वक उभिने उनले बताए ।

बास्कोटाले भने, ‘लोकतन्त्रमा आफ्नो विचारहरू राख्न पाउँछन्, पूर्वराजाले पनि एउटा नागरिकको रूपमा कुनै एउटा विचार राखेका छन् भने त्यसप्रति हाम्रो आपत्ति छैन । तर, त्यो विचार समाजलाई विषाक्त बनाउने, जनताको अधिकारहरू खोस्ने र इतिहासको गतिलाई उल्टो दिशातर्फ फर्काउन खोज्ने दुष्प्रयत्न हो भने त्यसले जनताले कहिल्यै माफी दिने छैनन् ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति