नेभिगेशन
राजनीति

सरकार परिवर्तनको हल्ला प्रचण्डको कुन्ठाः एमाले

काठमाडौं– नयाँ बर्ष लागेपछि सरकार परिवर्तन हुन्छ भनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चलाएको हल्ला माओवादीको कुन्ठा रहेको एमालेले ठहर गरेको छ।

च्यासलमा सोमबार बसेको सचिवालयको बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने,‘सरकार परिवर्तनको सम्भावना छैन, चलाइएका हल्ला माओवादीको कुन्ठा र पीडाभन्दा केही होइन।’

ज्ञवालीले भने,‘अहिले सरकार परिवर्तन न कतैबाट संभव छ, न त्यसको सान्दर्भिकता छ, न औचित्य छ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति