नेभिगेशन
सुरक्षा–अपराध

जाली बाटोबाट आएको प्रधानसेनापतिले हिम्मत देखाउन सक्तैन (प्रमाणसहित)

काठमाडौं– गौरव हुन्थ्यो, शाही नेपाली सेना भन्दा।

तर, सेनापति जाली हिसाबले आउन थाले। पछिल्लो सेनापति अशोक सिग्देल पनि त्यहि बाटोका यात्री हुन्। 

एउटा खबर यता हेरौं–
प्रधान सेनापतिको रोल क्रममा रहेका अशोकराज सिग्देलले शैक्षिक योग्यता र नागरिकताका प्रमाणपत्रमा किर्ते गरेर जन्ममिति सच्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। 

प्रधानसेनापति प्रभुराम शर्माले रिक्त रथीमा बढुवा सिफारिस सिग्देलको जन्म मितिमा कैफियत नै कैफियत रहेको भन्दै अख्तियारमा उजुरी परेको हो। उपरथी सिग्देलको जन्म २०२१ र २०२३ साल गरी दुई पटक भएको प्रमाण फेला परेको छ।

उनले नागरिकताको प्रतिलिपि निकाल्दा जन्म मितिमा हेरफेर गरेको भेटिएको छ। त्रिविको अभिलेख र एसएलसीको अभिलेखमा केरमेट गरी प्रमाणपत्र बनाएको भन्दै सेनाकै कर्मचारीहरूले अख्तियार दुरुपयोग आयोगमा सिग्देल विरुद्ध उजुरी दर्ता गरेका छन्।

रुपन्देही सिद्धार्थनगर ७ स्थायी ठेगाना भएका सिग्देलले रथीमा बढुवाको सिफारिसको लागि जन्म मितिमा हेरफेर गरी नक्कली प्रमाणपत्र पेस गरेको भन्दै बढुवा रोक्का गर्नु पर्ने माग गर्दै सेनाकै अधिकृतहरूले उजुरी हालेका हुन्।

सुरुको कागजमा उनको जन्ममिति २०२१ चैत्र १९ गते कायम भएको थियो। उनले २०३९ सालमा  एसएलसी परीक्षा दिँदा ८८०५९ डब्लू थियो। यस बखत परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले समेत विसं २०२१ साल चैत्र १९ गते नै कायम गरी तथ्याङ्क सुरक्षित गरेको छ। तर २०४३ सालमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेपछि भक्तपुरमा रहेको सुपिङ मल्टिपल क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख केआरएस राथौडको मिलिभगतमा आफूखुसी उनको जन्ममिति २०२३ साल माघ १९ गते बदलिएको आरोप छ।

यस्तो नक्कली कागज भेटेपछि सेनाका अधिकृतहरूले उपरथी सिग्देलको बढुवा रोक्का गरिदिन भन्दै अख्तियार दुरुपयोग आयोगमा मंसिर १४ गते

उजुरी दर्ता गराएका छन् भने यसअघि उनी विरुद्ध रक्षा मन्त्रालयमा समेत उजुरी दर्ता भएको छ। ‘हाल रिक्त रहेको नेपाली सेनाको रथी पदका लागि वरिष्ठ उपरथी अशोक सिग्देलको नाम सिफारिस गरिएको छ। तर उनले आफ्नो जन्ममिति चलाखी गरी सच्याउनु भएको प्रमाण हामीलाई फेलाप¥यो,’ सेनाको उजुरी कर्ताले भने, ‘यो कुरा हामी जुनियर अधिकृतहरूलाई थाह छ।’ यसअघि पनि रथीमा बढुवा भएका ताराध्वज पाण्डेका विषयमा पनि प्रश्न उठेपछि पदबाट राजीनामा दिएका थिए।

SENA-3-1744645681.jpg

SENA-1-1744645707.jpg

SENA-2-1744645707.jpg

SENA-4-1744645708.jpg

अब मेरो तर्क–

यस्ता सेनापतिले राजनीतिको उत्तराधिकारको विषयमा सोच्न सक्ला? 

जो आफैं विवादको पुञ्जमा बसेर देश बनाउँछु भन्न सक्ला? दलको नोकर हुन्छ। देशमा राजतन्त्र आउन्न, सेना तयार नभएसम्म। किर्ते नागरिकताधारी सेनापतिले राज्याभिषेक गराउने नैतिक आचार नै हुन्न, अरु परका कुरा हुन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध