नेभिगेशन
समाज विविध

सुनसरीमा गोली चल्यो, एकजना गम्भीर घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर २ मा सोमबार साँझ गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् ।

घाइते हुनेमा देवानगन्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता रहेका छन् । उनको अवस्था गम्भीर छ।

गम्भीर अवस्थाका यादवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

पिन्टु मेहताले चलाएको मोटरसाइकलको पछाडि सवार रहेका शिवकुमारलाई देवानगन्ज–७ का कामेश्वर यादवले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । उनले गोली प्रहार गर्नुको कारण खुल्न बाँकी छ । गोली प्रहारपछि फरार रहेका कामेश्वरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध