नेभिगेशन
समाज विविध

सर्पले टोकेर बालकको मृत्यु, नहरमा डुबेकी बालिका कता बेपत्ता?

काठमाडौं– कैलाली जिल्लामा सर्पले टोकेर एक बालकको सोमबार मृत्यु भएको छ।

टिकापुर नगरपालिका–१ एकतानगरका निरज बिकका पाँच वर्षीय छोरा लोकेशको सर्पको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घरको आगनमा खेलिरहेको अवस्थामा सर्पले बायाँ खुट्टामा टोकेर गम्भीर घाइते भएका लोकेशको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको बताए। 

उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमै राखिएको छ।

यस्तै, लम्कीचुहा नगरपालिका–३ बल्चौरमा रानीजमरा कुलरिया सिँचाइको नहरमा डुबेर सोही ठाउँ बस्ने ९ वर्षीया खुसी वादी बेपत्ता भएको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध

किन्ने हो ऐँसेलु ?