नेभिगेशन
समाज विविध

आन्दोलित शिक्षकका मागबारे सभामुख घिमिरे चिन्तित, शिक्षा मन्त्री र उपसमितिका विश्वकर्मासँग छलफल

काठमाडौं– विद्यालय शिक्षा ऐनलगायतका विभिन्न माग राखी राजधानीमा निरन्तर आन्दोलित शिक्षकका मागका विषयमा सभामुख देवराज घिमिरे चिन्तित बनेका छन्।

उनले यस विषयमा शिक्षा मन्त्री विद्या भट्टराई र विद्यालय शिक्षा उपसमितिका संयोजक छविलाल विश्वकर्मासँग भेट गरी जानकारी लिएका छन्।

आन्दोलनरत शिक्षकका माग सम्बोधनबारे सरकारको तयारी तथा समितिको प्रगतिबारे सभामुखले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री  भट्टराई र शिक्षा समितिको विद्यालय शिक्षा उपसमितिका संयोजक  विश्वकर्मासँग शिक्षकका माग पूरा गराउनेतिर अग्रसर हुन सुझाव दिएका हुन्।

सभामुख घिमिरेको सचिवालयका अनुसार मन्त्रीले मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय तत्काल गरेर संसदको आगामी अधिवेशनको पहिलो साता नै शिक्षा विधेयक संसदमा पेस गर्ने गरी शिक्षक र सरकारबीच संवाद भइरहेको जानकारी दिइन्।

शिक्षकको सेवा सुविधाको विषय अर्थ मन्त्रालयसँग पनि जोडिएकाले उपप्रधान तथा अर्थमन्त्रीसँग विष्णु पौडेलसँग छलफल गरेको जानकारी मन्त्री भट्टराईले दिइन्।

विश्वकर्माले उपसमितिले विधेयकका १६३ वटा दफामध्ये अहिलेसम्म ८२ वटा दफामा छलफल गरेर निष्कर्षमा पुराइएको जानकारी दिए। ३५ दिन समय पाएको उपसमितिले  तोकिएकै समयावधिभित्र समितिलाई प्रतिवेदन पेश गर्ने बताए। सभामुखले शिक्षकका मागबारे गम्भीर भएर काम गर्न सरकार र समितिको ध्यानाकर्षण गराए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध

किन्ने हो ऐँसेलु ?