नेभिगेशन
सुरक्षा–अपराध

हेलिकोप्टर चढेर किन बर्दिबास पुगे प्रधानसेनापति सिग्देल?

काठमाडौं– आठ जनाको सदस्य टोली लिएर प्रधानसेनापति अशोकराज सिग्देल बर्दिबास पुगेका छन्। 

त्यहाँ रहेको मध्यपूर्वी पृतनामा बिहान हेलिकोप्टर मार्फत सिग्देल पुगेका हुन्। 

टोली नेपाली सेनाको हेलिकोप्टर एनए ०६७ मा बिहान पौने ९ बजे काठमाडौंबाट हिँडेको थियो। टोलीमा उपरथी कृष्णदेव भट्ट,सहायक रथी पूर्णबहादुर खत्रीसहित आठ जना छन्।

प्रधानसेनापति सिग्देलले पर्सामा भएको हिंसाको विषयमा सेनाको ब्रिफिङ सुन्नेछन्। यसबाहेक उनको कार्यतालिका सार्वजनिक गरिएको छैन।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध