नेभिगेशन
विश्व

ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई दिँदै आएको ३ खर्ब संघीय अनुदान रोक्यो

काठमाडौं -अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयलाई दिने संघीय अनुदान रोक्ने निर्णय गरेका छन्। ट्रम्प प्रशासनले हार्वर्डलाई दिइने दुई बिलियन अमेरिकी डलरभन्दा बढी रकम (करिब ३ खर्ब नेपाली रुपैयाँ) रोक्ने निर्णय गरेको हो। ह्वाइट हाउसले पठाएका सर्तहरुलाई अस्वीकार गरेपछि विश्वविद्यालयलाई दिइने रकम रोक्का गरिएको हो।

ह्वाइट हाउसले हार्वर्डमा क्याम्पसमा नियुक्ती प्रक्रिया र भर्ना प्रक्रिया परिवर्तन गर्नुका साथै अन्य विभिन्न माग राख्दै पत्र पठाएको थियो।

हार्वर्डले भने ती मागहरु अस्वीकार गरेको थियो। ट्रम्प प्रशासनले भनेका कुरा नमान्ने घोषणा गर्ने हार्वर्ड पहिलो अमेरिकी प्रमुख विश्वविद्यालय हो। ह्वाइट हाउसको पत्रमा ‘आर्थिक सम्बन्ध’ कायम राख्ने भए मागहरु मान्न भनिएको थियो।

हार्वर्डले आफूहरुको स्वायत्तता भत्किन नदिने भनेपछि शिक्षा मन्त्रालयले तत्कालै ३ खर्ब रुपैयाँभन्दा बढीको अनुदान रोक्ने निर्णय गरेको हो। यस्तै, हार्वर्डसँग ६० मिलियन डलर (सवा ८ अर्ब रुपैयाँ) को कन्ट्रयाक्ट पनि रद्द गरिएको छ।

ह्वाइट हाउसले हार्वर्ड विश्वविद्यालयले पछिल्लो समय प्राज्ञिक र नागरिक तहमा काम गर्न नसकेको जनाएको छ। संघीय अनुदानबाट कुनै पनि फाइदा अमेरिकालाई नभएको उल्लेख गरिएको छ।

ट्रम्पको यो निर्णयसँगै हार्वर्ड विश्वविद्यालयमा छात्रवृत्तिमा अध्ययनरत् छात्रछात्राहरु समस्यामा पर्ने भएका छन्। यस्तै, छात्रवृत्ति पाएकाहरुको अबको शैक्षिक यात्रा पनि अन्यौलमा परेको छ।

यसअघि पनि ट्रम्प प्रशासनले केही विश्वविद्यालयको अनुदान रकम कटौती गर्दा अमेरिकामा अध्ययनरत विद्यार्थीहरु आपतमा परेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप विश्व