नेभिगेशन
अर्थ विविध

करेन्ट चाउचाउ तथा स्न्याक्स् उत्पादन गर्ने यशोदा फुड्सको वार्षिक व्यापार ६ अर्ब नजिक

काठमाडौं- करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्सको व्यापार १८.४५ प्रतिशतले बढेर ५ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।

कम्पनीले सन् २०२४ मा ५ अर्ब ८६ करोड ९० लाख रुपैयाँको कारोबार गरेको छ। अघिल्लो वर्ष यशोदा फुड्सको व्यापार ४ अर्ब ९५ करोड ५० लाख रुपैयाँ र सन् २०२२ मा ३ अर्ब ४३ करोड २० लाख रुपैयाँ थियो।

रुपन्देहीमा उत्पादन प्लान्ट रहेको यशोदा फुड्ससँग चाउचाउ उत्पादन गर्न सक्ने क्षमता वार्षिक ४२ हजार टन छ। स्न्याक्स् सेग्मेन्टअन्तर्गत कम्पनीको क्षमता वार्षिक ४५०० टन पुर्‍याइएको छ।

कम्पनी गत वर्ष आफ्नै स्वामित्वको यशोदा नुडल्स् एण्ड स्न्याक्स प्रालिलाई यशोदा फुड्समा गाभेको थियो। रेटिङ एजेन्सी केयर रेटिङ्सकाअनुसार कम्पनीले २ अर्ब रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय