नेभिगेशन
अर्थ विविध

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ?

काठमाडौँ - स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला एक हजार सात सय रुपैयाँले घटेर एक लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुनको मूल्य प्रतितोला एक लाख ८६ हजार रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी १५ रुपैयाँले घटेर एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप अर्थ विविध