नेभिगेशन
सुरक्षा–अपराध

सुनसरीमा एक जनामाथि गोली प्रहारः हान्ने र खानेको यथार्थ यस्तो छ

काठमाडौं– सोमबार साँझ सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चलेको विषयमा प्रहरीले अनुसन्धान जारी राख्दा दुई जना पक्राउ गरेको छ। संलग्न अन्य ६ जना फरार रहेका छन्।

गोली प्रहारबाट सुनसरीको देवानगञ्ज गाउँपालिका– ७ का २१ वर्षीय शिवकुमार मेहता गम्भीर घाइते भएका छन्।

उनलाई गोली हान्ने मध्येका रवीनकुमार यादव र पिन्टु यादवलाई प्रहरीले पक्राउ गरेको हो। गोली प्रहार भएको बेला शिवकुमार मेहता पिन्टुले चलाएको मोटरसाइकल पछाडि सवार थिए। 

गोली हान्ने मध्येका अर्का कामेश्वर यादव सहितका तीनजना फरार रहेका छन्। यो घटना लेनदेनसँग समेत जोडिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। 

गोली हान्ने र खाने सबै आपराधिक पृष्ठभूमिका व्यक्ति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेकामध्ये एकजना एक महिनाअघि मात्र गाँजा तस्करीमा संलग्न व्यक्ति भएका समेत प्रहरीले गरेको छ। 

उनीहरुबीच तस्करीको रुपैयाँको लेनदेनमा कुरा नमिल्दा पछिल्लो घटना भएको  देखिएको छ। गोली हान्ने र घाइते हुने व्यक्तिहरू सीमानाकामा शंकास्पद गतिविधि गर्ने समूहका सदस्य रहेको प्रहरीको रेकर्डमा छ।

पक्राउ परेका रवीन यादव यसअघि गाँजा तस्करीमा संलग्न रहेको पाइएको छ। उनी गाँजा तस्करीको आरोपमा पक्राउ परेर छुटेका थिए।  गोली लागेर घाइते भएका शिवकुमार मेहताको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध