नेभिगेशन
बैंक–वित्त

एनआईसी एशिया बैंकको नयाँ वर्षको उपहार योजना : मोबाइल टपअपमा जित्न सकिन्छ आइफोन १६

काठमाडौं - नयाँ वर्ष २०८२ को अवसरमा एनआईसी एशिया बैंकले आफ्ना ग्राहकका लागि आकर्षक उपहार योजना सार्वजनिक गरेको छ ।

बैंकले मोबाइल बैंकिङ सेवा प्रदायक एफवानसफ्टसँगको सहकार्यमा 'नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् आइफोन १६' योजना घोषणा गरेको हो ।

यस योजनाअन्तर्गत सहभागी हुन इच्छुक ग्राहकले एनआईसी एशिया मोबाइल बैंकिङ एप ‘मोबैंक’ प्रयोग गरी कम्तीमा १०० रुपैयाँ वा सोभन्दा बढीको मोबाइल टपअप गर्नुपर्नेछ ।

वैशाख १ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने यो योजनामा सहभागी ग्राहकहरुमध्येबाट गोलाप्रथामार्फत एक जना भाग्यशाली विजेता छानिनेछ, जसलाई बैंकले आइफोन १६ उपहारस्वरूप प्रदान गर्नेछ ।

बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'नयाँ वर्ष २०८२ ले ग्राहकमा थप खुसी, उत्साह र उमंग ल्याओस् भन्ने कामनासहित, यस योजनाले बैंक र ग्राहकबीचको सम्बन्धलाई अझ आत्मीय, सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बनाउनेछ भन्ने विश्वास लिएका छौं ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप बैंक–वित्त