नेभिगेशन
समाज विविध

यातायात व्यवसायी महासंघले भन्यो-‘शिक्षक आन्दोलनबाट यातायात मजदुरको रोजीरोटी ठप्प भयो’ 

काठमाडौँ - सार्वजनिक यातायात केन्द्रीय व्यवसायी महासंघले शिक्षकहरूले जारी राखेको आन्दोलनका कारण यातायात मजदुरको रोजीरोटी ठप्प भएको जनाएको छ ।

महासंघले विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । शिक्षकहरूको जारी आन्दोलनले बाटो अवरुद्ध हुँदा आफ्नो व्यवसायमा असर परेको भन्दै र आफ्नो अधिकारका विषयमा माग राख्दा अरूको अधिकार वञ्चित नगर्न पनि महासंघले आग्रह गरेको छ ।

महासंघका महासचिव भरत नेपालले जारी गरेको विज्ञप्तिमा शिक्षकहरूको निरन्तरको आन्दोलनले सडक अवरुद्ध भइ व्यवसाय हुन नसकेकोप्रति आपत्ति जनाउँदै सरोकारवाला समक्ष गम्भीर रूपमा ध्यान दिन उल्लेख गरिएको छ ।

करिब दुई हप्तादेखि शिक्षकहरूले आफ्ना माग पूरा गराउन भन्दै आन्दोलन गरिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध