नेभिगेशन
पूर्वाधार

बिपी राजमार्गमा नेपालथोकदेखि बर्खेखोलासम्मको खण्ड पुनर्निर्माण गर्न ११ कम्पनी इच्छुक

काठमाडौं- बाढीले क्षतिग्रस्त बनेको बिपी राजमार्गअन्तर्गत नेपालथोकदेखि बर्खेखोलासम्मको खण्ड पुनर्निर्माण गर्न ११ निर्माण कम्पनी इच्छुक देखिएका छन्।

कार्यालयका अनुसार ५ किलोमिटर सडक पुनर्निर्माणका लागि स्वीकार कन्स्ट्रक्सन एण्ड दिप ट्युब वेल कम्पनी, हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन/ सुनकोशी कन्स्ट्रक्सन नेपाल जेभी, रायमाझी कन्स्ट्रक्सन, महालक्ष्मी कन्स्ट्रक्सन कन्सर्न/ भुजेल निर्माण सेवा जेभीले प्रस्ताव पेस गरेका छन्।

यस्तै महावीर इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन, पीके निर्माण सेवा, सूर्य कन्स्ट्रक्सन फर्म/ बालकोट बिल्डर्स जेभी, अमरज्योति कन्स्ट्रक्सन/भण्डारी बिल्डर्स/ उमा एण्ड कम्पनी जेभी, खरिढुंगा निर्माण सेवा/घिसिङ बिल्डर्स/ क्षितिज निर्माण सेवा जेभी, दिव्य ज्योति कन्स्ट्रक्सन/रानीवन कन्स्ट्रक्सन/बीएनटी निर्माण सेवा जेभी र कमलजीत निर्माण सेवा/रुपाकली कन्स्ट्रक्सन जेभीले आवेदन दिएका छन्।

यी कम्पनीको अहिले प्राविधिक मूल्यांकनको काम भइरहेको छ। प्राविधिक मूल्यांकनमा पास हुने कम्पनीको नाम यो हप्ता सार्वजनिक गर्ने कार्यालयले जनाएको छ।

करिब एक अर्ब बजेट छुट्याइएको यो खण्ड पुनर्निर्माणका लागि सडक डिभिजन कार्यालय सिन्धुलीले गत फागुन २८ गते ठेक्का आह्वान गरेको थियो।

यस्तै, बिपी राजमार्ग अन्तर्गत चरसयाबेसीदेखि भकुन्डेबेसीसम्मको ११ किलोमिटर र डालाबेसी-चरसयाबेसी साढे ८ किलोमिटर सडक पुनर्निर्माणका लागि गत सडक डिभिजन कार्यालय भक्तपुरले चैत पहिलो हप्ता टेण्डर आह्वान गरेको थियो। जसका लागि ५ अर्ब रुपैयाँ बजेट छुट्याइएको छ। पुनर्निर्माण अविध २ वर्ष राखिएको छ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय