नेभिगेशन
राजनीति

आजबाट सरकार परिवर्तन हुने हल्लाको अन्त्य भयो- महासचिव पोखरेल

काठमाडौँ - नेकपा एमालेका महासचिव शंकर पोखरेलले आजबाट सरकार परिवर्तन हुने हल्लाको अन्त्य भएको बताएका छन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै महासचिव पोखरेलले नयाँ बर्ष आरम्भसँगै सरकार परिवर्तन हुने हल्ला आजबाट अन्त्य भएको बताएका हुन् ।

उनले भनेका छन्- नयाँ वर्ष आरम्भ संगै सरकार परिवर्तन हुने हल्ला आजवाट अन्त्य भएको छ । अब पुनः नीति, कार्यक्रम र बजेटको तयारीका सन्दर्भमा छलफलमा सहभागी बनौ ।'

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ बर्षसँगै ओली नेतृत्वको सरकार ढल्ने दाबी गरिरहदा आजै बिहान प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । सो भेटमा सभापति देउवाले प्रधानमन्त्री ओलीलाई यो सरकारप्रति कांग्रेस प्रतिबद्ध रहेको विश्वास दिलाएको बताइएको छ ।
 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति