नेभिगेशन
राजनीति

बैशाख १२ गते संसदको अधिवेशन आह्वान

काठमाडौ -सरकारले आगामी १२ बैशाखदेखि संसदको  अधिवेशन  बोलाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले  अधिवेशन  आह्वान गरेको हो।  

 संघीय संसदमा विचचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसदको अधिवेशन  आह्वान गरिएको शिक्षामन्त्री बिद्या भट्टराईले जानकारी दिइन्।  

उनले भनिन्,‘नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । हाल विद्यार्थी भर्नाको समय एसइईको उत्तरपुुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षा समेतको समय भएको अवस्था रहेकोले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकहरुलाई आआफ्नो कार्यथलोमा फर्किन अनुुरोध गर्ने  निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ। ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति