नेभिगेशन
खेलकुद

बार्सिलोना र पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौँ - बार्सिलोना र पिएसजी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेका छन् । गएराती सम्पन्न क्वाटरफाइनलका दोस्रो लिगपछि बार्सिलोना र पीएसजी सेमिफाइनलमा पुगेका हुन् ।

बार्सिलोना जर्मनी क्लब बरुसिया डोर्टमण्डसँग ३-१ गोल अन्तरले पराजित भएपनि पहिलो लिगमा ४-० को अग्रताको आधारमा ५-३ ले विजयी हुदै सेमिफाइनलमा पुगेको हो ।

बार्सिलोनाले क्वाटरफाइनलको पहिलो लिगमा डोर्टमण्डलाई ४-० ले पराजित गरेको थियो । बार्सिलोना पछिल्लो ६ बर्षमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।

त्यस्तै पिएसजी क्वाटरफाइनलको दोस्रो लिगमा प्रिमियर लिग क्लब एस्टन भिल्लासँग ३-२ गोल अन्तरले पराजित भएपनि पहिलो लिगमा ३-१ को जितको आधारमा समग्रमा ५-४ ले विजयी हुदै सेमिफाइनलमा पुगेको हो । पिएसजीले एस्टन भिल्लालाई पहिलो लिगमा ३-१ गोल अन्तरले पराजित गरेको थियो ।

च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लिगमा आज राती आर्सनल र रियल म्याड्रिड तथा बायर्न म्युनिख र इन्टर मिलान खेल्दै छन् ।

पहिलो लिगमा आर्सनलले रियल म्याड्रिडमाथि ३-० को अग्रता हासिल गरेको छ भने इन्टर मिलानले बायर्न म्युनिखमाथि २-१ को अग्रता हासिल गरेको छ ।
            

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद