नेभिगेशन
विश्व

अमेरिकासँगको व्यापार युद्ध चर्किँदै गर्दा ५.४ प्रतिशतले बढ्यो चीनको अर्थतन्त्र

बेइजिङ - यस  वर्षको पहिलो त्रैमासमा चीनको अर्थतन्त्र ५ दशमलव ४ प्रतिशतले बढेको छ । त्यहाँको सरकारले बुधबार जारी गरेको तथ्याङ्कले यस्तो देखाएको हो । 

वृद्धिको यो दर अपेक्षा गरिएभन्दा धेरै हो । वर्षको जनवरीदेखि मार्चको बिचमा चिनियाँ अर्थतन्त्र ५ दशमलव १ प्रतिशतले मात्रै बढ्ने अधिकांश अर्थशास्त्रीहरूको अनुमान थियो । 

चीन र अमेरिकाबिच व्यापार युद्ध भड्किँदै गइरहेकोले वर्षको बाँकी अवधिमा भने आर्थिक वृद्धिको परिदृश्य धूमिल देखिएको छ । पहिलो त्रैमासमा अमेरिकामा भित्रिने चिनियाँ सामानमाथिको अतिरिक्त भन्सार महसुल १० प्रतिशत थियो । 

दोस्रो त्रैमासको सुरुमा यो बढेर १४५ प्रतिशतमा पुगेको छ । यस्तोमा सरकारले पनि आर्थिक गतिविधिलाई प्रोत्साहन दिने र महँगीलाई भर्पाई गर्ने गरी थप स्टिमुलस कार्यक्रम ल्याउने दबाब बढेको छ  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप विश्व