नेभिगेशन
राजनीति

पार्टीबाट निलम्बन गरिएकी विन्दालाई बालुवाटार बोलाएर अध्यक्ष ओलीले भेट्नुको अर्थ

काठमाडौं– नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा नेत्री विन्दा पाण्डेलाई बोलाएर एक घन्टा कुराकानी गरेका छन्।

भाटभटेनी सञ्चालक मीनबहादुर गुरूङले एमाले पार्टी कार्यालय बनाउन जग्गा दान गरेपछि उनले विरोध गरेका कारण स्थायी कमिटी सदस्य मात्र होइन पार्टी सदस्य नै नरहनेगरी निलम्बन गरिएको थियो।

पाण्डे र उषाकिरण तिम्सेनालाई निलम्बन गर्ने निर्णय गरेको थियो तर पाँच महिनासम्म पनि उनीहरूले निलम्बनको पत्र पाएका छैनन्।

यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएर पाण्डेसँग कुराकानी गर्नु अर्थपूर्ण रहेको छ।

व्यवसायी गुरूङबाट १० रोपनी १४ आना जग्गा दान स्वरूप लिएर पार्टी केन्द्रीय कार्यालय बनाउने विषयमा असहमति राखेपछि गत पुस १० पाण्डेसँगै केन्द्रीय सदस्य तिम्सेनालाई पनि ६ महिनाका लागि निलम्बन गर्ने सचिवालयले निर्णय गरेको थियो।

त्यसैले दुवै नेता पार्टीको सक्रिय गतिविधिबाट अहिले बिदामा राखिएका थिए। 

निलम्बनको अवधिलाई सिर्जना कर्ममा लगाउने गरी पाण्डेले किताब लेखिन्। उनको पुस्तक भुइँमान्छे गत फागुन २१ गते विमोचन भयो। 

नयाँ वर्षको सन्दर्भमा पारेर वैशाख १ गते पार्टी अध्यक्ष ओलीले ‘ह्याप्पी न्यु इयर’वाला फोन गरेको पाण्डेले बताइन्।

सुरूमा त उनले पार्टी अध्यक्षले शुभकामना दिन मात्रै सम्झिएको होला भन्ने ठानेकी रहिछन्। तर अध्यक्ष ओलीले उनीसँग कुराकानी नै गर्न खोजेको बताएका थिए। त्यसपछि पाण्डे बालुवाटार पुगेकी थिइन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति