नेभिगेशन
राजनीति

कांग्रेस–एमाले संयन्त्रको बैठक बालुवाटारमा

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बुधबारका लागि तय भएको छ।

साँझ ५ बजे निवास बालुवाटारमा संयन्त्रको बैठक बस्ने एमाले उच्च स्रोतले जानकारी दियो।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ। मंगलबार प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो।

भेटमा शिक्षक आन्दोलन लगायत पछिल्लो परिस्थितिको विभिन्न समस्या समाधानका लागि उपायहरूको खोजी गर्न संयन्त्रको बैठक बोलाउने समझदारी बनेको थियो।

संयन्त्रमा शिक्षक आन्दोलनको विषय र त्यसलाई समाधानका उपायबारे छलफल हुने बताइएको छ। शिक्षकहरुको माग सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै संयन्त्रकै सदस्यहरूले आलोचना गर्दै आएका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति