नेभिगेशन
राजनीति

आपराधिक पृष्ठभूमीको पर्शुराम बस्नेतले नेता विनोद ढकालबारे बोलेको शव्दले भयो विवाद

काठमाडौं– पत्रकार हत्या प्रयास, सम्पत्ति शुद्धिकरणको मुद्दासहित गुन्डा नाइके अभिषेक गिरीसँगको झडपलगायतको विवादमा मुछिएको आपराधिक पृष्ठभूमीका पर्शुराम बस्नेतले नेता विनोद ढकालमाथि अपशव्द प्रयोग गर्दा एमाले बिराटनगर महानगर अधिवेशनमा विवाद भएको छ।

केन्द्रीय सल्लाहकार परिषद् सदस्य ढकाललाई अवैध नेतृत्व भनिएपछि बन्द सत्रमा विवाद भएको हो। यो काम बस्नेतले गरेका हुन्। बस्नेत दोलखाबाट आपराधिक गतिविधि गरेर भागेर बिराटनगर पुगेका हुन्। उनी अहिले पनि आपराधिक गतिविधिका विविध नाइकेसित सम्पर्कमा हुन्छन्। 

स्टेजमा रहेका ढकाललाई नेकपा एमाले महानगरका इन्चार्ज परशुराम बस्नेतले अवैधानिक नेतृत्व भनेका थिए। सो विषय बन्द सत्रमा उठेपछि विवाद भएको छ। 

उद्घाटन सत्रमा कार्यक्रम सञ्चालक तथा महानगर सचिव बलराम गिरी नवीनले ढकाललाई बोल्न दिने तयारी गरेका थिए। तर अवैध नेतृत्वलाई बोल्न दिने सेड्युल नभएको भन्दै मञ्चमै रहेका बस्नेते भनेपछि विवाद भएको थियो। ढकालले को अवैध भन्दै प्रतिवाद गरेपछि केहि बेर मञ्चमै असामान्य परिस्थित बनेको थियो।

बस्नेत यसअघि पटक पटक आपराधिक गतिविधिमा पक्राउ गरिएका व्यक्ति हुन्। गोकुल बास्कोटा, महेश बस्नेत र केपी शर्मा ओलीको संरक्षणमा बँचेका बस्नेत प्रदेश सभामा पराजित थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति