नेभिगेशन
राजनीति

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । कार्यबाहक सभापति डीपी अर्यालले भोलि (बिहीबार) दिउँसो २ बजे बस्नेगरी बैठक आह्वान गरेका हुन् ।

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक बस्ने बताइएको छ ।

कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार, बैठकमा अघिल्लो बैठकका निर्णय, पार्टी गतिविधि, सदस्यहरूको रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

त्यस्तै, महाधिवेशन कार्य विवरण सम्बन्धमा पनि छलफल हुने झाले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति