नेभिगेशन
सुरक्षा–अपराध

ईसेवा खाताबाट १ करोडभन्दा बढी रकम चोरी गर्ने युवक पक्राउ

काठमाडौँ- ४ हजार जनाको ईसेवा खाताबाट १ करोडभन्दा बढी रकम चोरी गर्ने युवक पक्राउ परेका छन् ।

गत मंगलबार (हिजो) काठमाडौँको कालीमाटीबाट कञ्चनपुर घर भई हाल काठमाडौँ अनामनगर बस्ने २२ वर्षीय राहुल बुढा पक्राउ परेका हुन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले ईसेवा प्रयोगकर्ताहरूलाई एसएमएसमार्फत द अलर्ट, एटी अलर्टजस्ता फिसिङ लिङ्कहरू पठाउँथे ।

त्यसपछि भेरिफाइका लागि भन्दै लिंक खोल्न लगाएर ईसेवा अनधिकृत पहुँच पुर्‍याउँथे ।

प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार उनले ४ हजारभन्दा बढी व्यक्तिहरूको ईसेवा खाताबाट १ करोड २ लाख रुपैयाँ बराबरको रकम चोरी गरेको खुल्न आएको छ ।

उनले चोरी गरेका सबै रकम पशुपति ग्लोबल इनोभेसन प्रालिको मर्चेन्ट खाताहरूमा ट्रान्सफर गरेका थिए ।

अहिले उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ