नेभिगेशन
अर्थ विविध

९ महिनामा ६७६ विदेशीले पाए नेपालमा श्रम स्वीकृति

काठमाडौँ- चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना (साउन-चैत) सम्म ६ सय ७६ विदेशीले नेपालमा श्रम स्वीकृति पाएका छन् ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चैतमा मात्र ९० विदेशीले श्रम स्वीकृति लिएको देखिन्छ । नेपालबाट हरेक दिन २ हजार २ सय हाराहारी युवा वैदेशिक रोजगारीमा जाने गरेको तथ्यांक छ । नेपालमा भने विदेशी परियोजनामा बढी श्रमिक श्रम स्वीकृति लिएर आउने गरेका छन् ।

यसरी श्रम स्वीकृति लिनेमा चिनियाँ धेरै छन् । तथ्यांक अनुसार चैतसम्म १ हजार २ सय ३१ विदेशीको श्रम स्वीकृति नवीकरण भएको छ । चैतमा मात्र १ सय ५० श्रमिकको श्रम स्वीकृति नवीकरण गरिएको विभागको तथ्यांक छ ।

यस अवधिमा प्रतिष्ठानमा काम गर्ने विदेशी श्रमिकले श्रम स्वीकृति लिए–नलिएको बारे २८ वटा अनुगमन गरिएको छ । चैतमा मात्र २ वटा अनुगमन गरिएको विभागले जनाएको छ ।

विभागले यस वर्ष ९ महिना अवधिमा श्रमिक आपूर्तिकर्ता इजाजत पत्र ४२ कम्पनीलाई प्रदान गरेको छ । ३ सय ४५ कम्पनीमा निरीक्षण भएको विभागले जनाएको छ ।

बालश्रमबारे २ हजार ५ सय ५५ वटा निरीक्षण गरिएको छ । श्रम कानुन पालना भए/नभएको बारे २ हजार ५ सय ८३ वटा निरीक्षण गरिएको समेत विभागले जनाएको छ । यस अवधिमा ३ सय ६२ वटा श्रम विवाद समाधान गरिएको छ । त्यस्तै २९ जना औद्योगिक दुर्घटनामा परेको देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध