नेभिगेशन
समाज विविध

संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखियो

काठमाडौं- संवैधानिक निकायमा नियुक्त भएका ५२ जना पदाधिकारीको नियुक्ति असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा दायर मुद्दा बुधबार पनि हेर्दाहेर्दैमा गएको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीश सपना मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा भएको सुनुवाइमा बहस नसकिएपछि हेर्दाहेर्दैमा गएको हो ।

बहस नसकिएपछि आगामी आइतबार अर्थात् वैशाख ७ गतेका लागि पेशी तोकिएको छ ।

गत माघदेखि सुरु नियमित सुनुवाइको चौथो दिनमा बुधबार वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, अधिवक्ता कीर्तिनाथ शर्मा, हर्कबहादुर रावललगायतले बहस गरेका छन् ।

२०७७ मङ्सिर ३० र त्यसपछि गरेर तत्कालीन प्रधानमन्त्री एवं संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओलीले विभिन्न संवैधानिक आयोगमा ५२ जना पदाधिकारी सिफारिस गरेको थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध