नेभिगेशन
राजनीति

शिक्षक महासंघले भोलि बोलायो बैठक

काठमाडौं - सरकारले संसद्को वर्षे अधिवेशन आह्वान गरेपछि शिक्षक महासंघले बैठक बोलाएको छ ।

मंगलबार राति सरकारले शिक्षकको माग अनुसार शिक्षा विधेययक पेस गर्ने गरी संसद बैठक आह्वान गरेपछि महासंघले बैठक डाकेको हो ।

‘भोलि (बिहीबार) बिहान बैठक बस्छौं । त्यसपछि औपचारिक धारणा सार्वजनिक गर्छौं,’ महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।

सरकारसँग अहिले कुनै संवादमा नरहेको उनले बताइन् । ‘सरकारसँग संवाद छैन । सरकारले संवादको लागि अनुरोध गरेको छ । हामी सरसल्लाह गर्दैछौं,’ उनले भनिन् ।

बिहीबार भोलि बिहान बैठक बसेर आन्दोलनको समीक्षा र थप रणनीति बनाउने महासंघको तयारी छ । ऐन जारी नभएसम्म आन्दोलन नरोकिने अडान शिक्षकहरूको छ ।

महासंघको नेतृत्वमा २० चैतदेखि काठमाडौंमा शिक्षकहरूले आन्दोलन गरिरहेका छन् । शिक्षकको आन्दोलनका कारण सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति