नेभिगेशन
विश्व

ट्रम्पले २४५ प्रतिशत कर लगाएपछि चीनको जवाफ : युद्ध चाहँदैनौ तर लड्नै परे डराउँदैनौ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा २४५ प्रतिशत कर लगाउने भएका छन्। ह्वाइट हाउसको वेबसाइटमा चिनियाँ वस्तुमाथि २४५ प्रतिशत कर लाग्ने उल्लेख गरिएको छ।

यसबारेमा चीनले आफूहरु ‘ट्यारिफ वार’ अमेरिकाले सुरु गरेको भन्दै सुरुवातदेखि नै आफूहरुको धारणा प्रष्ट रहेको बताएका थिए।

चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिकी कदमको विरुद्ध बेइजिङले उपयुक्त निर्णय लिने जनाएको छ। यसअघि चीनले अमेरिकालाई जवाफमा १२५ प्रतिशत कर लगाएको थियो।

जियानले भने, ‘चीन लड्न (कर युद्ध) चाहिँदैन। तर, लड्नै परे डराउँदैन।’ उनले अमेरिकाले अवस्था सुधार गर्न चाहे उसले वार्ता गर्नु पर्ने बताएका छन्। तर, तर्साएर र ब्ल्याकमेलिङबाट समस्या समाधान हुन नसक्ने उनले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व