नेभिगेशन
राजनीति

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा गगन थापा अनुपस्थित

काठमाडौँ - उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा गगन थापा अनुपस्थित भएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ नेकपा एमाले र काँग्रेसको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका एमाले र काँग्रेसका नेताहरू उपस्थित छन् । बैठकमा पछिल्लो समयको राजनीतिक विषय र सरकारका कार्य सम्बन्धमा छलफल भएको बताइएको छ ।

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए ।

त्यस्तै, काँग्रेसबाट सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी थिए ।

यद्यपि बैठकमा काँग्रेस महामन्त्री गगन थापा भने सहभागी छैनन् । उनी सरकारका कामलाई लिएर पछिल्लो समय आलोचना गर्दै आएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति