नेभिगेशन
खेलकुद

रियल म्याड्रिडलाई हराउदै आर्सनल च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौ - गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा आर्सनलसँग २-१ गोल अन्तरले पराजित भएपछि रियल म्याड्रिड समग्रमा ५-१ को नतिजासहित बाहिरिएको हो । योसँगै रियल म्याड्रिडलाई दुवै लिगमा पराजित गरेर आर्सनल च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।


क्वाटरफाइनलको दोस्रो लिगमा आर्सनलका लागि बुकायो साका र गाब्रियल मार्टिनेलीले एक एक गोल गरेका थिए । त्यस्तै रियल म्याड्रिडका लागि एक गोल भिनिसियस जुनियरले गरेका थिए ।


यसअघि पहिलो लिगमा आर्सनलले रियल म्याड्रिडलाई ३-० ले पराजित गरेको थियो ।


अब सेमिफाइनलमा आर्सनलले फ्रेन्च च्याम्पियन पीएसजीको सामना गर्ने छ । सेमिफाइनलका खेल अप्रिल २९ र मे ७ मा हुने छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद