नेभिगेशन
सुरक्षा–अपराध

दुर्गा प्रसाईं पक्राउअघि प्रहरीलाई कसरी झुक्याउन खोजेका थिए?

काठमाडौं– राजावादी आन्दोलन हिंसात्मक भएपछि भागेका व्यावसायी तथा उक्त प्रदर्शनका कमान्डर भनिएका दुर्गा प्रसाईंले आफू नेपालमा रहेको बताउँदै पहिलो झूठो बयान दिएका थिए। 

दोस्रोचाहिँ उनी फरार भएर प्रहरीलाई झुक्याउने अनेक प्रकारका गतिविधि गरेको पनि पत्ता लागेको छ। उच्च स्रोतका अनुसार काठमाडौंबाट भागेका उनी काकडभिट्टा हुँदै भारतको आसाम पुगेको बताइएको थियो। तर, उनी बिहारको बाटो हुँदै आसामसम्म पुगेको प्रहरीले पत्ता लगाएको थियो। 

उच्च स्रोतले भन्यो,‘आफू चढेको गाडी पूर्व पठाएर उनी बीचमा नै झरेर अर्को बाटोबाट फरार भएको पत्ता लगाइएको थियो। त्यहि भएर पक्राउका लागि समय लागेको थियो।’

यसबाहेक प्रसाईंले प्रहरीले ट्रेस गर्न सक्ने भनेर विभिन्न प्रकारका तिकडम अपनाएको पनि पत्ता लागेको हो। उनले बेलामौका भिडिओ सन्देश सार्वजनिक गरेको विषयलाई प्रहरीले रेकी गरेको थियो। तर उनको फोन तथा इन्टरनेट चलाएको आईपी पनि ट्रेस गर्न प्रहरीलाई मुस्किल परेको थियो।

उच्च स्रोतका अनुसार प्रसाईंले अरुकै मोबाइलको हट स्पट चलाएर इन्टरनेटको प्रयोग गरेको भेटियो। ‘वाईफाई चलाएको भए मोबाइल ट्रेस हुन सक्ने थियो तर त्यसो हुन्छ भनेर हटस्पट प्रयोग गरेको पाइयो’, स्रोतले भन्यो,‘त्यसैले पक्राउ गर्नका लागि निक्कै समय लाग्यो।’

अन्ततः प्रसाईंलाई प्रहरीले झापाको भद्रपुरमा पक्राउ गरी काठमाडौं झिकाएर म्याद थप्दै अनुसन्धान जारी राखेको छ। उनीमाथि विभिन्न चार मुद्दामा अनुसन्धान जारी छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ