नेभिगेशन
राजनीति

ओली नेतृत्वको सरकार षडयन्त्र र बिचौलिया जोगाउन बन्यो, असंवैधानिक छः प्रचण्ड

काठमाडौं– मुख्य प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार बिचौलिया जोगाउन बनेको षडयन्त्रको रहेको दाबी गरेका छन्।

‘वर्तमान सरकार दुई तिहाइको नभई षड्यन्त्रको र अपारदर्शी सरकार हो’, विहीबार रुपन्देहीको भैरहवामा प्रेस सेन्टरले गरेको पत्रकार भेटघाटमा प्रचण्डले भने,‘यो असंवैधानिक र दुई नेताको छलछामको सरकार हो।’

सरकार बनाउँदा कांग्रेस र एमालेका एक दुई जना नेता बाहेक अरुलाई थाहा नदिई अपारदर्शी ढंगले बिचौलिया र भ्रष्टाचारीलाई बचाउन बनेको दाबी गरे।
यो सरकार भ्रष्टाचारी, बिचौलिया र दलाललाई बचाउन बनेको बताएका उनले भने,‘मैले यो सरकारले विश्वासको मत लिने बेलामा नै संविधानको धारा ७६ (३) अनुसार कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने भनेको हो।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति