नेभिगेशन
अर्थ विविध

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला तीन हजार ६ सय रुपैयाँले बढ्यो

काठमाडौँ- स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज सुन प्रतितोला तीन हजार ६ सय रुपैयाँले बढेर एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको मूल्य प्रतितोला एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी पाँच रुपैयाँले बढेर एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध