नेभिगेशन
समाज विविध

कवाडी संकलन केन्द्रमा महानगरले चलायो डोजर, मजदुरको ढुङ्गामुढाले के भयो क्षति?

काठमाडौं– च्यासलदेखि बालकुमारी पुलसम्म रहेका कवाडी संकलन केन्द्रमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ।

आवास क्षेत्रमा रहेका कवाडी संकलन केन्द्र विहीबार हटाइएको हो। पटक पटक सूचना दिँदा पनि अटेर गरेपछि डोजर चलाइएको महानगर प्रहरी बलले जनाएको छ।

त्यसका लागि महानगरपालिकाले डोजरसहित दर्जनौं नगर प्रहरी बल परिचालन गरेको छ। डोजर लगाएर भत्काएको विरोधमा कवाडी संकलन केन्द्रका दुई मजदुरहरुले ढुंगामुढा समेत गरेका छन्। ढुंगा लागेर डोजरको सिसा फुटेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध