नेभिगेशन
सुरक्षा–अपराध

अवैध सुनचाँदीसहित नौ जना भारतीय नागरिक पक्राउ

काठमाडौँ- अवैध सुन र चाँदी जस्तो देखिने धातु र नगदसहित नौ जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वैशाख २ गते काठमाडौँका विभिन्न स्थानहरूमा सुन तथा चाँदीको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिएकाहरू भारतको महाराष्ट्र घर भई हाल काठमाडौँका विभिन्न स्थानमा बस्ने वर्ष ३० को नबनाथ बाकु कसीद, वर्ष २० को सन्दीप पोपट हजारे, वर्ष २२ को अन्सार दिलावर  सिकल्गार, वर्ष १८ को सुरज राजेश मदने, वर्ष २१ को अरमान हनिफ ईनामदाय,वर्ष २२ को मनोज सुभाष सकट, वर्ष ३८ को अमोल कुमार गोस्ले,वर्ष २० को सुनिल मिटकरी र वर्ष २० को सुरज नन्दीवाली रहेका छन्।

उनीहरूको साथमा विभिन्न सुन रिफाइनिङ एण्ड टंच सेन्टरहरूमा खानतलासी गर्दा एक किलो ७६.५१८ ग्राम सुन र १ किलो ८४५.४२९ ग्राम चाँदी  प्रहरीले बरामद गरेको छ । बरामद गरिएको सुनको मूल्य एक करोड ७० लाख १० हजार ६० रुपैयाँ तथा चाँदीको मूल्य ३० लाख ९ हजार ९१ रुपैयाँ रहेको छ। 

हाल नियन्त्रणमा लिई थप अनुसन्धानका लागि आन्तरिक राजश्व विभाग,हरिहर भवन ललितपुर पठाइएको नेपाल प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ