नेभिगेशन
राजनीति

काँग्रेस पदाधिकारी र मन्त्रीहरूसहितको बैठक बुढानीलकण्ठमा जारी

काठमाडौँ- सत्तारुढ दल नेपाली काँग्रेसको बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी छ।

बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र पार्टीबाट सरकारमा गएका मन्त्रीहरू पनि सहभागी छन्।

जारी बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल चलिरहेको बैठकमा सहभागी एक नेताले बताए।

एमालेसँग सत्ता सहकार्य थालेको ९ महिना पुग्दा सत्तारुढ दल नेपाली काँग्रेसभित्र असन्तुष्टि बढ्न थालेको छ । पछिल्लो समय काँग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला र उनी निकटका नेताहरूले चर्को असन्तुष्टि व्यक्त गरिरहेका छन्।

काँग्रेसमा असन्तुष्टि बढेपछि हिजो उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा बसेको थिए। बैठकमा उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री थापा सहभागी भएनन्। त्यसले सत्ता गठबन्धनमा आशंका बढेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति