नेभिगेशन
राजनीति

रास्वपा बैठक जारी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक अहिले पार्टी कार्यालय घण्टीघरमा बसिरहेको छ ।

कार्यवाहक सभापति डोलप्रसाद अर्यालको सभापतित्वमा बैठक बसेको हो ।

सहमहामन्त्री सुमना श्रेष्ठले राजीनामा दिएको चर्चाले रास्वपा भित्र सरगर्मी बढेको छ ।

आजको बैठकमा सुमनाले राजीनामाको घोषणा गर्ने बताइएको छ । बैठक सुरु भएको केही बेरपछि सुमनाले इन्ट्री गरेको स्रोतले बताएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति