नेभिगेशन
विश्व

हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीलाई प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको चेतावनी

काठमाडौँ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई अर्को चेतावनी दिएको छ । ट्रम्प प्रशासनले विश्वविद्यालयमा विदेशी विद्यार्थीहरूको प्रवेशमा प्रतिबन्ध लगाउन सकिने बताएको छ ।

अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले विश्वविद्यालयलाई 'राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने' र 'यहूदी विरोधी भावनाको शिकार भएको' आरोप लगाएकी छिन् ।

उनले विश्वविद्यालयलाई पत्र लेख्दै आफ्ना विदेशी विद्यार्थीहरूको 'अवैध र हिंसात्मक' गतिविधिहरूको विस्तृत रेकर्ड माग गरेकी छन् । यस वर्ष, हार्वर्ड विश्वविद्यालयको भर्नामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या २७ प्रतिशतभन्दा बढी छ ।

हार्वर्ड विश्वविद्यालयले अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले पठाएको मागहरूको सूची स्वीकार गर्न अस्वीकार गरेको थियो । ह्वाइट हाउसले विश्वविद्यालयको प्रशासन, भर्ती र भर्ना प्रक्रियामा परिवर्तनको लागि मागहरूको सूची पठाएको छ ।


हार्वर्ड विश्वविद्यालयले यी मागहरूलाई अस्वीकार गरेपाची ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई दिँदै आएको दुई अर्ब अमेरिकी डलरको कोष रोक्ने घोषणा गरेको थियो भने ट्रम्पले विश्वविद्यालयलाई दिदै आएको कर छुट पनि हटाउने चेतावनी दिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व