नेभिगेशन
समाज विविध

देउवाले भनेः गभर्नरमा कुरा मिलिसक्यो

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नरमा कुरा मिलिसकेको बताएका छन् ।

बिहीबार बिहान कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बसेको थियो । बैठकमा नेताहरुले गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ र नियक्त हुने पात्रबारे समेत जिज्ञासा राखेका थिए ।

जवाफम सभापति देउवाले गभर्नरको कुरा मिलिसकेको बताएका थिए । ‘यसमा कुरा मिलिसक्यो, मैले प्रधानमन्त्रीसँग कुरा गरिसकेँ भनेर सभापतिले जानकारी दिनुभयो’, बैठकका सहभागी एक नेताले भने ।

ती नेताका अनुसार सभापति देउवाले गभर्नरको अडानबाट एमाले पछाडि हटेको सन्देश दिएका थिए । ‘एमालेसँग कुरा मिलिसक्यो । गभर्नरको अडानबाट एमाले पछाडि हटिसक्यो भन्नुभएको छ,’ ती नेताले भने ।

उच्च स्रोतका अनुसार गत सोमबारको एमाले सचिवालय बैठकमै प्रधानमन्त्री केपी शर्मा ओलीले गभर्नरमा अडान छोड्ने संकेत दिएका थिए । ‘कांग्रेसले अडान छोडेन, यसैकारण सत्ता सहयात्रा टुंग्याउने कुरा हुन्न’ प्रधानमन्त्री ओलीले एमाले सचिवालय बैठकमा भनेका थिए। कांग्रेस र एमालेले अडान नछोड्दा गभर्नर नियुक्त हुन सकेको छैन ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध