नेभिगेशन
खेलकुद

रोबर्टो कार्लोस एनएसएल हेर्न नआउने !

काठमाडौं - रोबर्टो कार्लोस नेपालको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग एनएसएल हेर्न नआउने भएका छन् । 

एनएसएलको आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एण्ड इभेन्ट कम्पनीले बिहीबार विज्ञप्ति जारी गर्दै कार्लोस पूर्व निर्धारित समयमा नेपाल नआउने बताएको छ । 

आकस्मिक बिरामीका कारण कार्लोस पूर्व निर्धारित समयमा नेपाल आउन नसक्ने एनएसएलले बताएको हो। 

उनी शुक्रबार एनएसएलको पहिलो क्वालिफायर म्याचमा प्रमुख अतिथीको रुपमा नेपाल आउने कार्यक्रम तय गरिएको थियो । 

सोही अनुसार एनएसएलले आक्रमक प्रचार प्रसार गर्दै टिकट बिक्रीदेखि विभिन्न कमर्सियल इभेन्टको टिकट बिक्री खुल्ला गरेको थियो । 

तर उनी शुक्रबार पूर्व निर्धारित कार्यक्रममा नआउने एनएसएलले प्रस्ट पारेको थियो । अर्को समय तालिकाको लागि कार्लोसको टिमसँग छलफल भैरहेको एनएसएलले जनाएको छ । 

प्रतियोगिताको फाइनल अघि कार्लोस कुनैपनि हालतमा नेपाल आउने दाबी गर्न एनएसएलले छाडेको छैन ।  

ब्राजिली लिजेण्ड कार्लोस हेर्ने र भेट्ने ईच्छा सहित टिकट लिएका दर्शक र समर्थकका लागि एनएसएलले दुई विकल्प दिएको हो । टिकट रद्ध गरेर पैसा फिर्ता लिने र अर्को तालिकामा कार्लोसलाई हेर्ने विल्कप आयोजकले दिएको छ । 

यसअघिको सिजनमा समेत फुटबल लिजेण्ड डिडयर ड्रोग्बा एनएसएल हेर्न नेपाल आउने प्रचार गरिएको थियो । तर अन्तिममा ड्रोग्बाले न त एनएसएल हेरे, न त नेपालनै आएका थिए । 

सर्वसाधारणको ध्यान खिच्न ईभेन्ट आयोजकले झुटो प्रचार फैलाउने गरेको आरोप नेपालका ईभेन्ट आयोजकमाथि लाग्ने गरेको छ । 

received_672221681854433-1744901381.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद